उपत्यकामा ३६६ सहित देशभर थपिए १०३० जना संक्रमित, एकैदिन १००० निको हुदा १० को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ३६६ सहित देशभर थप १०३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ९० हजार २५६ जना पुगेको छ ।

५ हजार ८९३ जनामा पीसीआर परीक्षण गर्दा ८१२ जना र ४९८१ जनाको एन्टिजेन टेष्ट गर्दा २१८ जनामा गरी १०३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २६६, भक्तपुरका ३८ जना र ललितपुरका ६२ गरी उपत्यकामा कुल ३६६ जना कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १००० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ७० हजार २२४ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १०जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १११७४ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया