एमालेको विधान महाधिवेशन आज अन्त्य हुदै , उठेका प्रश्नमा शीर्ष नेताहरुले जवाफ दिने

news-details

प्रमुख विपक्षी दल एमालेको प्रथम विधान महाधिवेशनमा पाँच वटा समूहले सुझाव प्रस्तुत गर्दैछन् ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारबाट शुरु भएको आज पहिलो चरणमा प्रदेश नम्बर १, २, गण्डकीसहित पाँच वटा समूहले सुझाव प्रस्तुत गर्ने कार्यतालिका छ ।

महाधिवेशनमा शुक्रबार पार्टी अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप–महासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।

ती प्रतिवेदनहरूमाथि छलफल र सुझाव प्रस्तुत गर्न केन्द्रीय निकाय र विभाग, सात वटा प्रदेश कमिटी, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन तथा प्रवासको समेत प्रतिनिधित्व रहेको १० वटा समूह बनाइएको थियो ।

शनिबार पहिलो चरणमा प्रतिवेदनमाथि छलफल र दोस्रो चरणमा ती दस्तावेजहरूमाथि उठेका सुझाव समेटेर ५ वटा समूह नेताहरुले प्रस्तुति गरेका थिए ।

समूहगत सुझावपछि पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप–महासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तावमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

विधान महाधिवेशन आजै ढिला गरी भए पनि अन्त्य गर्ने तयारी छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया