आज देशभरको मौसम बदली‚ अधिकांश स्थानमा वर्षाको सम्भावना
- अशोज १६, २०७८
- 0
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।
शनिबार बिहान काठमाडौं उपत्यकासहित देशभरको मौसम आंशिकदेखि सामान्य बदलीको रहेको छ। प्रदेश २‚ बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ का अधिकांश र अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन्। राति प्रदेश १ र प्रदेश २ का केही स्थानमा भीषण वर्षाको संभावना रहेको छ।
भारतको दक्षिण बिहार तथा आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको हो। प्रदेश १ र प्रदेश २ बाहेक बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







