उपत्यकामा ३३५ सहित देशभर थपिए ११५७ जना संक्रमित, एकैदिन १११३ निको हुदा ८ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ३३५ सहित देशभर थप ११५७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ८५ हजार ५३६ जना पुगेको छ ।

१० हजार ६५२ जनामा पीसीआर परीक्षण गर्दा ८९२ जना र ३८८९ एन्टिजेन परीक्षणमा २६५ जनामा गरी ११५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २६५, भक्तपुरका २८ जना र ललितपुरका ४२ गरी उपत्यकामा कुल ३३५ जना कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १११३ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ६४ हजार ८४७ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १११२३ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया