उपत्यकामा ३८३ सहित देशभर थपिए ११५८ जना संक्रमित, एकैदिन १३१८ निको हुदा १२ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ३८३ सहित देशभर थप ११५८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ८४ हजार ३७९ जना पुगेको छ ।

११ हजार ६७२ जनामा पीसीआर परीक्षण गर्दा ९०४ जना र २३३१ एन्टिजेन परीक्षणमा २५४ जनामा गरी ११५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २७०, भक्तपुरका ४४ जना र ललितपुरका ६९ गरी उपत्यकामा कुल ३८३ जना कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३१८ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ६३ हजार ७३४ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ११११५ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया