रुपन्देहीमा ट्रकको ठक्करबाट आमाछोराको मृत्यु
- अशोज १२, २०७८
- 0
रुपन्देहीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु भएको छ।
सैनामैना नगरपालिका–५, बुद्धनगरमा मंगलबार बिहान साढे ५ बजे ट्रकले ठक्कर दिँदा आमा–छोराको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेले बताए।
मृत्यु हुनेमा स्थानीय ४२ वर्षीया राधा भट्टराई र उनका १५ वर्षीय छोरा मेहश भट्टराई रहेका छन्।
ट्रकले ठक्कर दिएपछि घाइते भएका उनीहरुको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
उनीहरुलाई पश्चिमदेखि पूर्वतर्फ जाँदै गरेको ना ८ ख ४४११ नम्बरको भैंसी बोकेको ट्रकले ठक्कर दिएको थियो । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन्।
-रासस
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







