प्रतिनिधिसभा बैठक असोज १४ गतेसम्म स्थगित
- अशोज ११, २०७८
- 0
प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रतिनिधिसभाको सोमबार दिउँसो बसेको बैठकमा विनियोजन विधेयक राष्ट्रिपतिबाट प्रमाणीकरण भएका र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएको जानकारी दिइएको थियो । बैठक करीब छ मिनेट चलेको थियो ।
गत भदौ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभा असोज १४ गतेसम्मको लागि स्थगित भएको सभामुख अग्नि सापकोटाले जानकारी दिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







