आजदेखि लामो दूरीका बसको अग्रिम टिकट बुकिङ खुल्यो, कहाँको भाडा कति ? (सूचिसहित)
- अशोज ११, २०७८
- 0
दशैंमा काठमाडौं उपत्यकाबाट बाहिर जानेहरुका लागि आजबाट लामो दूरीको बसको अग्रिम टिकट बुकिङ खुला भएको छ ।
दशैंमा घर जान इच्छुक व्यक्तिहरु बिहानैदेखि गोंगबुस्थित नयाँ बसपार्कमा टिकट बुकिङका लागि पुगेका छन । बसपार्क पुगेकाहरुको भिड नहोस भनेर उनीहरुलाई दुरी कायम गरी लाइनमा राखेर अग्रिम टिकट बिक्री गरिएको छ ।
यातायात व्यवस्था विभागले गत बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो ।
कतिपय यातायात व्यवसायीहरुले अनलाइनमार्फत् पनि टिकट बुकिङको व्यवस्था मिलाइएको जनाएका छन् ।
हेर्नुहोस यातायात व्यवस्था विभागले समायोजन गरेपछि निर्भारण गरेको भाडा दर
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







