आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
- अशोज १०, २०७८
- 0
मौसम पूर्वानुमान महाशाखा अनुसार आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।
आइतबार बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ। दिउँसो बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने मौसमविद् मन्जु बासीले जानकारी दिइन्। बेलुका पनि देशका विभिन्न स्थानमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ।
शनिबार राति लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका विभन्न स्थानमा पानी परेको थियो। मनसुन बाहिरिने क्रममा रहेकाले भीषण वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







