उपत्यकामा ३६४ सहित देशभर थपिए १४७६ जना संक्रमित, एकैदिन १५५० निको हुदा ९ को मृत्यु
- अशोज ८, २०७८
- 0
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ३६४ सहित देशभर थप १४७६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ८० हजार १५२ जना पुगेको छ ।
१० हजार ५७५ जनामा पीसीआर परीक्षण गर्दा ११०३ जना र ५११५ एन्टिजेन परीक्षणमा ३७३ जनामा गरी १४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २५६, भक्तपुरका ३५ जना र ललितपुरका ७३ गरी उपत्यकामा कुल ३६४ जना कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५५० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ५८ हजार ५०४ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ११०८१ पुगेको छ ।










