राष्ट्रिय सभा बैठक आज बस्दै, यस्ता छन सम्भावित कार्यसूची
- अशोज ८, २०७८
- 0
राष्ट्रियसभाको बैठक आज बस्दैछ।
संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले टेबुल गर्ने सम्भावित कार्यसूची छ।
यस्तै विधायन ब्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले अध्यागमन विधेयक २०७६ को प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट दफावार फलफलका लागि विधायन ब्यवस्थापन समितिमा पठाउन खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजानिक लेख प्रसारण विधेयक, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक र सुरक्षण मुद्रण सम्बन्धि विधेयक २०७७ प्रस्तुत हुनेछन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







