त्रिशुली नदीमा कार खस्दा तीनजना वेपत्ता
- अशोज ८, २०७८
- 0
काठमाडौंबाट पोखरा जाँदै गरेको कार पृथ्वी राजमार्गको मुग्लिन नजिकै नाग्दिखोलामा गएराति १२:३० बजे दुर्घटना हुँदा तीनजना बेपत्ता भएका छन् भने एक जनाको घाइते अवस्थामा उद्धार गरिएको छ ।
कार त्रिशुली नदीमा खसेर दुर्घटनाग्रस्त भएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका असई नरहरि अधिकारीले जानकारी दिए ।
प्रहरीका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको ना २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट झण्डै १०० मिटर तल त्रिशुली नदीमा खसेको हो ।
घटनामा उद्धार गरिएका पोखराका ४९ वर्षीय रुद्रलाल सुवेदीको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको छ ।
दुर्घटनामा बेपत्ता भएकाहरूमा पोखरा महानगरपालिका वडा नं ७ कै अन्दाजी ५५-६० वर्षिय प्रेम भुजेल, ५५-६० वर्षीय लेखबहादुर भुजेल र ३६ वर्षिया ईश्वी भुजेल रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







