उपत्यकामा ४०४ सहित देशभर थपिए १२३९ जना संक्रमित, एकैदिन १३२४ निको हुदा १३ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४०४ सहित देशभर थप १२३९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ७८ हजार ६७६ जना पुगेको छ ।

११ हजार ६२९ जनामा पीसीआर परीक्षण गर्दा ९४१ जना र ३६१४ एन्टिजेन परीक्षणमा २९८ जनामा गरी १२३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २४५, भक्तपुरका ५२ जना र ललितपुरका १०७ गरी उपत्यकामा कुल ४०४ जना कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३२४ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ५६ हजार ९५४ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ११०७२ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया