नेकपा एकीकृत समाजवादीले पदाधिकारी टुंग्यायो, महासचिवमा भुषाल चयन

news-details

नेकपा (एकीकृत समाजवादी)मा चार उपाध्यक्षसहित विभिन्न पदको जिम्मेवारी बाँडफाँड भएको छ ।

नेकपा (एकीकृत समाजवादी)को उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, धर्मनाथ शाह, जयन्ती राई र प्रमेश हमालमा लागि सहमति भएको नेता डा गंगालाल तुलाधरले बताए ।

यसैगरी, महासचिवमा वेदुराम भुषाल र उपमहासचिवमा डा विजय पौडेल, डा गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन ।

सचिवहरुमा जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, केशवलाल श्रेष्ठ र नागेन्द्र चौधरी चयन भएको तुलाधरले जानकारी दिए ।

सचिवालयले टुंगो लगाएका यी पदाधिकारीहरुलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिदैछ ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीमा ३१ सदस्य रहने छन् भने पोलिटव्युरो पनि आजै घोषणा हुने र केन्द्रीय कमिटी विस्तार र कार्यविभाजन पनि आजै हुने बताइएको छ ।

नेकपा एकीकृत समाजवादी को केन्द्रीय कार्यसमितिको बैठक मंगलबारदेखि जारी छ । आजको बैठक काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा भइरहेको छ । बैठक आज सम्पन्न हुनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया