विकासशील देशहरुलाई थप ५० करोड डोज फाइजर खोप दिने अमेरिकाको घोषणा
- अशोज ७, २०७८
- 0
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारका न्यून र मध्यम आय भएका मुलुकलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप थप ५० करोड डोज दिने घोषणा गरेका छन ।
बुधबार भएको भर्चुअल ग्लोबल कोभिड-१९ समिटमा सम्बोधन गर्दै बाइडेनले फाइजर कम्पनीले बनाएको थप ५० करोड डोज खोप अरू मुलुकलाई दिन अमेरिकाले किन्न लागेको बताएका हुन्।
अमेरिकाले यसअघि गरीब देशहरुलाई १६ करोड डोज खोप दिईसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यो वर्षको अन्त्यसम्ममा विश्वका सबै देशमा कम्तीमा ४० प्रतिशत मानिसलाई खोप लगाउने लक्ष्य राखेकोमा उक्त लक्ष्य पूरा हुने सम्भावना क्षीण देखिएको छ ।
गरीब देशहरुमा अहिलेसम्म दुई प्रतिशत जनसंख्यालाई मात्रै खोपको पहिलो डोज लगाइएको छ । खोपमा सबैको पहुँच समतामूलक होस् भन्ने उद्देश्यसहित डब्लुएचओको अगुवाइमा स्थापना भएको कोभ्याक्स अभियानअन्तर्गत अनुदान वा सहयोगमा आउने खोपको वितरण हुने गर्दछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







