सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै, मन्त्री र मन्त्रालयबारे छलफल हुने
- अशोज ७, २०७८
- 0
मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउन सत्तारूढ गठबन्धनमा रहेका दलहरूको बैठक आज पनि बस्दै छ ।
मन्त्री र मन्त्रालय विभाजनका विषयमा कुरा नमिलेपछि बैठक पुनः बस्न लागेको हो । कुन दलले कति मन्त्रालय पाउने भन्नेमा टुंगो लागेको छैन ।
यसअघि हिजो बसेको बैठकमा सहमति जुट्न नसकेपछि आज पनि गठबन्धनको बैठक बस्न लागेको हाे ।
सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।
गत २९ असारमा नियुक्त भएका प्रधानमन्त्री शेरवहादुर देउवाको मन्त्रिपरिषद्मा कांग्रेसबाट चार जना र माओवादी केन्द्रबाट दुई जना मन्त्री मात्र सहभागी छन् ।
आजको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई तथा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत नेता सहभागी हुने बताईएको छ ।










