कांग्रेसको महाधिवेशन तालिका फेरी परिवर्तन, दसैंअघि गाँउ-नगर अधिवेशन मात्रै हुने
- अशोज ६, २०७८
- 0
नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गतका विभिन्न अधिवेशन तालिका फेरि परिवर्तन गर्ने भएको छ । बुधबार सिंहदरबारमा बसेको पदाधिकारी बैठकले विभिन्न अधिववेशन सार्ने सहमती गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले दसैं अगाडि पालिका तहको अधिवेशनमात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल हुने सहमति भएको बताएका छन ।
नयाँ परिमार्जित कार्यतालिका भने कांग्रेसले सार्वजनिक गरेको छैन ।
कांग्रेसमा १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा यी जिल्लाको वडा अधिवेशन अनिश्चित बनेको छ । पौडेल समूहले बाँकी जिल्लाको वडा अधिवेशन सम्पन्न भएपछि मात्रै पालिकाको अधिवेशन गर्नुपर्ने माग गरेपछि कार्यतालिका संशोधन भएको बताइएको छ ।
यसअघि असोज ९ गते पालिका, १२ गते प्रदेश निर्वाचन क्षेत्र, र १५ गते जिल्ला अधिवेशनसहित अन्य अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो ।
जसमध्ये असोज ९ गतेका लागि निर्धारित पालिकास्तरीय अधिवेशन तोकिएकै समयमा हुने र अन्य अधिवेशन भने थाती रहने भएको छ ।










