माधव नेपालको राजनीतिक प्रस्ताव पारित, महासचिव भोली चयन गर्ने
- अशोज ६, २०७८
- 0
नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधव नेपालले पेश गरेको राजनीतिक प्रस्ताव पारित गरेको छ ।
वुधबार बसेको केन्द्रीय समिति बैठकले प्रस्ताव पारित गरेको हो ।
राजनीतिक प्रस्तावलाई समूहमा भएको छलफलपछि पारित गरिएको बताइएको छ ।
छलफलमा सहभागी नेताहरुबाट आएको सुझावलाई समेटेर प्रस्ताव पारित गरिएको बताइएको छ ।
त्यस्तै, केन्द्रीय समिति बैठक लम्बिएको छ । अर्को बैठक बिहीबार बिहान ११ बजे पुन बस्नेछ ।
भोलिको बैठकले तीन महिने कार्ययोजना पास गर्नुका साथै महासचिव समेत चयन गर्नेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







