ललिता निवास प्रकरण : राजनीतिक प्रतिशोध साध्ने उद्देश्यले मुद्दा चलाइएको गच्छदारको स्पष्टिकरण

news-details

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूविरुद्ध राजनीतिक प्रतिशोध साध्ने उद्देश्यले मुद्दा चलाइएको आरोप लगाएका छन ।

गच्छदारले मन्त्रिपरिषद्ले गरेको सामूहिक निर्णयमा राजनीतिक पूर्वाग्रहले आफूलाई फसाउन खोजिएको आरोप लगाए । उनले राजनीतिक पूर्वाग्रहकै कारण केही व्यक्तिलाई उन्मुक्ति दिइएको समेत बताए ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सरकारको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारमा विभागीय मन्त्रीको हैसियतले आफूले टिप्पणी मात्र अघि बढाएको र उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट सर्वसम्मत निर्णय भएको बताए ।

उनले आफु राजनीतिक जीवनलाई ध्वस्त बनाउने प्रयास भएको बताउदै लोकतन्त्रमाथि विश्वास गर्ने भएकाले न्यायालयबाट न्याय पाउनेमा आफू पूर्ण विश्वस्त रहेको बताए ।

०७६ को २२ माघमा बालुवाटार जग्गा प्रकरणमा आफूविरुद्ध मुद्दा चलेपछि गच्छदार सार्वजनिक कार्यक्रममा देखिएका थिएनन । ०७४ को चुनावअघि फोरम लोकतान्त्रिकलाई कांग्रेसमा समाहित गराएपछि गच्छदारलाई काँग्रेस सभापति शेरबहादुर देउवाले एक वर्षपछि उपसभापति बनाएका थिए ।

काँग्रेस संसदीय दलको उपनेतासमेत रहेका उनको सांसद पद पनि निलम्बित छ ।

अख्तियारले यसै विषयमा गच्छदारसमेत १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सो मुद्दामा वयान दिन गत असार ३० गते हाजिर भएका उनलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया