परराष्ट्रमन्त्री खडकाले लिए पद तथा गोपनीयताको शपथ
- अशोज ६, २०७८
- 0
परराष्ट्रमन्त्रीमा नियुक्त कांग्रेस नेता डा नारायण खड्काले पद तथा गोपनीयताको शपथ लिएका छन ।
शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
यसअघि आजै विहान सरकारको शिफारिसमा राष्ट्रपति भण्डारीले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी थिइन ।
उदयपुर क्षेत्र नं १ बाट निर्वाचित खड्का कांग्रेसको केन्द्रीय सदस्य तथा परराष्ट्र विभागका प्रमुखसमेत हुन् ।
संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा पठाउन प्रतिनिधि नभएपछि प्रधानमन्त्रीले कांग्रेस नेता नारायण खड्कालाई सत्ता गठबन्धन दलहरुको सहमतिमा परराष्ट्रमन्त्री बनाइएको हो ।
आजै मन्त्रालय पुगेर मन्त्री खडकाले कार्यभार सम्हाल्ने र आज साझ मन्त्री खड्काकै नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोली प्रस्तान गर्ने कार्यक्रम तय भएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







