धनुषामा आमा र छोरा पोखरीमा मृत भेटिए
- अशोज ४, २०७८
- 0
धनुषाको धनुषाधाम नगरपालिका-२ धर्मपुर टोलका २८ वर्षीया अर्चना सिंह र उनका ४ वर्षीय छोरा कुशकुमारको शव घर नजिकैको पोखरीमा फेला परेको छ।
सोमबार बिहान स्थानीयले पोखरीमा आमा-छोराको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय धनुषाधामको टोली घटनास्थल पुगेर शव निकाल्ने काम गरिरहेको प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए।
स्थानीयका अनुसार राति पति पत्नीबीच झगडा भएको थियो। सोही आवेगमा अर्चनाले छोरालाई लिएर पोखरीमा हाम फालेर आत्महत्या गरेको अनुमान स्थानीयले गरेका छन्।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







