सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार, १ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ

news-details

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीमण्डल विस्तार गरेका छन । भट्टले आज १ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रीपरिषद विस्तार गरेका हुन ।

विस्तारित मन्त्रीपरिषदका आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त तारा लामा तामाङलाई प्रदेशप्रमुख गङ्गाराज यादबले र अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार साँझ पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन ।

मन्त्रीमा नियुक्त लामा नेकपा एकीकृत समाजवादीको कञ्चनपुर अध्यक्ष हुन उनी यसअघि एमालेको प्रमुख सचेतक समेत थिए । लामा कञ्चनपुर क्षेत्र नम्बर १ क बाट प्रदेश सभामा निर्वाचित भएका हुन यस्तै राज्यमन्त्रीमा नियुक्त बोहरा वझाङबाट प्रतितिनिधित्व गर्ने समानुपातिक प्रदेश सभा सदस्य हुन ।

सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टको नेतृत्वमा माओवादी र नेकपा एकीकृत समाजवादीको संयुक्त सरकार रहेको छ । सरकारमा नेकपा एकीकृत समाजवादीको सात र माओवादीका चार जना सहभागी छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया