चीनबाट आज एकैदिन आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

news-details

सरकारले चीनसँग खरिद गरेर ल्याउन बाकी रहेको ४४ लाख डोज भेरोसेल खोप ल्याएको छ।

नेपाल नेपाल वायुसेवा निगमको जहाज खोप लिएर शुक्रबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए ।

निगमको वाइडबडी-३३० जहाज बिहीबार खोप लिन नेपालबाट बेइजिङ गएको थियो । सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख मात्र आएको थियो।

स्वास्थ्य विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा सागर दाहालले चीनबाट आइपुगेको खोप केही दिनभित्रै नागरिकलाई दिइने बताए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया