उपत्यकामा ४३० सहित देशभर थपिए १५११ जना संक्रमित, एकैदिन १६८९ निको हुदा ११ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४३० सहित देशभर थप १५११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ७० हजार १७६ जना पुगेको छ ।

११ हजार २०८ जनामा पीसीआर परीक्षण गर्दा ११६५ जना र ३९७१ एन्टिजेन परीक्षणमा ३४६ जनामा गरी १५११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २९३, ललितपुरका ९८ र भक्तपुरका ३९ जना गरी ४३० कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १६८९ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ४५ हजार २१५ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ११००२ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया