उपत्यकामा ४९५ सहित देशभर थपिए १७६० जना संक्रमित, एकैदिन १२२० निको हुदा ७ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४९५ सहित देशभर थप १७६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ६८ हजार ६६५ जना पुगेको छ ।

१२ हजार ५२४ जनामा पीसीआर परीक्षण गर्दा १३३२ जना र ४३२० एन्टिजेन परीक्षणमा ४२८ जनामा गरी १७६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३६०, ललितपुरका ७२ र भक्तपुरका ६३ जना गरी ४९५ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२२० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ४३ हजार ५२६ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०९९१ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया