कांग्रेसले टुंग्यायो थप ८ जिल्लाको क्रियाशील सदस्यता विवाद

news-details

नेपाली कांग्रेसले थप ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ ।

कांग्रेसले क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशन सुरू नभएका २१ जिल्लामध्ये ८ जिल्लामा विवाद समाधान गरेको हो ।

सदस्यता छानविन समितिले काठमाडौँसहित ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिएका छन् ।

पौडेलका अनुसार समितिले विवाद समाधान गरेका जिल्लाहरूमा काठमाडौंसहित काभ्रेपलान्चोक, कपिलवस्तु, बर्दिया, सिन्धुपाल्चोक, बाजुरा, मोरङ, महोत्तरी, कैलाली र पर्सा रहेका छन् ।

विवाद टुंगिएका जिल्लाको नामावली आज पार्टीको वेबसाइटमा सार्वजनिक गरिने जनाइएको छ ।

कांग्रेसले पहिलो चरणमा ५६ जिल्लाका वडामा अधिवेशन गरेको छ। असोज ५ गते बाँकी २१ जिल्लामा अधिवेशन गर्ने तयारी छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया