आजदेखि राष्ट्रिय जनगणनाको सूचीकरण कार्य शुरू

news-details

राष्ट्रिय जनगणनाका लागि घर तथा घरपरिवार सूचीकरण कार्य आजदेखि सुरु हुने भएको छ ।

आगामी २५ कार्तिकदेखि ९ मंसिरसम्म हुने जनगणनाका लागि सरकारले घर तथा घरपरिवार सूचीकरण कार्य बुधबारदेखि सुरु गर्ने भएको हो ।

केन्द्रीय तथ्यांक विभागले सुपरिवेक्षण तालिम सम्पन्न भइसकेको जानकारी दिँदै बुधबारदेखि घर तथा घर परिवार सूचीकरण कार्य सुरु गरिने जानकारी गराएको छ ।

यसअघि गत जेठ २५ गतेदेखि जनगणना हुने कार्यक्रम रहेकोमा कोरोना भाइरस महामारीका कारण जनगणना स्थगित गरिएको थियो ।

यस वर्ष गरिने जनगणना १२औं जनगणना हो । गत २१ भदौमा मन्त्रिपरिषदको बैठकले आगामी २५ कार्तिकदेखि ९ मंसिरसम्म जनगणना गर्ने निर्णय गरेको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया