प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
- भदौ २९, २०७८
- 0
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । गत बुधबारदेखि सुरु भएको संसदको नवौं अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संदन अवरोध गरिरहेको छ ।
संसदको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले हिजो डाकेको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको थियो । त्यसैले आज पनि संसदमा एमालेले अवरोध गर्ने संभावना छ ।
आफुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना सभामुखले टाँस गर्नुपर्ने माग एमालेले राख्दै आएको छ ।
एमाले विभाजन गर्न सभामुखले भूमिका खेलेको आरोप एमालेकै सांसदहरूले लगाएका छन् । एमाले विभाजन भई माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) गठन भइसकेको छ ।
यसअघिका बैठकमा अवरोधकै बीच सरकारले विभिन्न विधेयक पेस गरेको थियो । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी विनियोजन विधेयक २०७८ माथि विचार गरियोस भनी प्रस्ताव राख्ने कार्यसूची रहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







