उपत्यकामा ४२६ सहित देशभर थपिए १४८६ जना संक्रमित, एकैदिन १२६० निको हुदा १६ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४२६ सहित देशभर थप १४८६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ६५ हजार ३४३ जना पुगेको छ ।

१२ हजार ५३२ जनामा पीसीआर परीक्षण गर्दा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३३७ जनामा गरी १४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३०१, ललितपुरका ६८ र भक्तपुरका ५७ जना गरी ४२६ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२६० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ४० हजार ७१७ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०९६५ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया