उपत्यकामा ३५७ सहित देशभर थपिए ९९४ जना संक्रमित, एकैदिन १३६८ निको हुदा १२ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ३५७ सहित देशभर थप ९९४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ६२ हजार ९४६ जना पुगेको छ ।

६ हजार १३७ जनामा पीसीआर परीक्षण गर्दा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जनामा गरी ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २३०, ललितपुरका ८५ र भक्तपुरका ४२ जना गरी ३५७ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३६८ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ३८ हजार ३४ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०९३६ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया