आज प्रतिनिधि सभा बैठक बस्दै, बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेश हुने

news-details

प्रतिनिधिसभाको नवौँ अधिवेशनको चौथो बैठक आज शुक्रबार बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यस्तै आज आर्थिक, राष्ट्र ऋण उठाउने, विनियोजन लगायत एक दर्जन अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ ।

नवौँ अधिवेशन बुधबार सुरु भएको थियो । नवौं अधिवेशनअन्तर्गतको पहिलो, दोस्रो र तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसदले नाराबाजी गरेका थिए। नाराबाजीकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया