सांसदहरुलाई प्रधानमन्त्री देउवाको निर्देशन : एमसीसी सम्झौताबारे बुझेकाहरु मात्र बोल्नुस्

news-details

प्रधानमन्त्री शेरवहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे अनावश्यक भ्रम फैलाइएको बताएका छन ।

नेपाली कांग्रेस संसदीय दलको मंगलबारको बैठकमा बोल्दै उनले जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुने भन्दै एमसीसीबारे अनावश्यक भ्रम फैलाइएको टिप्पणी गरे ।

देउवाले एमसीसी सम्झौताबारे बुझेका सांसदहरुलाई मात्र बोल्न निर्देशन पनि दिए । देउवाले अघिल्ला सरकारहरुले पनि कानून बनाएर एमसीसीलाई अघि बढाउँदै आएको दाबी गर्दै प्रतिष्पर्धाबाट प्राप्त गरेको अनुदान सहयोगले लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिने बताए ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको र गठबन्धन सरकारको बाध्यता बुझिदिन देउवाले सांसदहरुलाई आग्रह गरेका थिए । बैठकले बुधबारदेखि सुरु हुने संसद बैठकमा अनिवार्य उपस्थित हुन पनि सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

बैठकमा संघीय संसदको आगामी महाधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भएको छ । संघीय संसदको अधिवेशन बुधबार अपरान्ह ४ बजेका लागि आह्वान गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया