आज काठमाडौंका आठवटा खोप केन्द्रमा कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप लगाइँदै

news-details

आज काठमाडौंका विभिन्न आठवटा खोप केन्द्रमा कोभिड-१९ विरुद्धको खोप लगाइँदैछ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार आज भेरोसेल, अस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सनको पहिलो र दोस्रो डोज लगाउन लागिएको हो ।

प्रहरी अस्पतालमा भेरोसेल र एस्ट्राजेनेका खोपको पहिलो र दोस्रो डोज तथा सैनिक अस्पतालमा भेरोसेल र जोन्सन एन्ड जोन्सन खोपको पहिलो र दोस्रो मात्रा लगाइने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

यस्तै राजधानीको सामाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टर, वीर अस्पताल, प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी अस्पताल र निजामती अस्पतालमा अस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइने छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया