काठमाडौंमा असोज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने
- भदौ २१, २०७८
- 0
काठमाडौं उपत्यकामा असोज १ गतेबाट स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न पाइने भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधि, नगरशिक्षा समितिका प्रतिनिधि तथा अभिभावक संघका प्रतिनिधिसहितको बैठकले असोज १ गतेबाट स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरेको हो ।
स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्दा नगरशिक्षा समितिको बैठक बसेर स्वास्थ्य मापदण्डको पूर्ण पालना हुनेगरी विद्यालय सञ्चालन गर्ने निर्णय भएको काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
जिल्लाभित्रका ४० प्रतिशत विद्यार्थीहरु मात्र अनलाइनको पहुँचमा रहेको देखिएकाले पनि विद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







