सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या

news-details

सङ्रखुवासभा जिल्लामामा एकै परिवारका छ जना मृत फेला परेका छन् । उनीहरुको हत्या भएको आशङ्का गरिएको छ ।

सङ्खुवासभा जिल्लाको मादी नगरपालिका वडा नं १ को खुमलिङमा बौद्धमान कार्कीको परिवारका छ छना मृत फेला परेको र निज कार्की भने जीवित नै रहेको मादी नगरपालिकाका मेयर विदुर सुब्बा लिङथेकले बताए ।

मृतकहरु केहीको शव घरभित्र केहीको बारीमा र खोलामा पनि भेटिएको र शरीरमा चोट रहेकाले हत्याको आशङ्का गरिएको छ । अहिले प्रहरी टोली घटनास्थलमा पुगेको बताइएको छ ।

मृतकमा तेजबहादुरकी आमा ८० वर्षिय पार्वता कार्की, ५६ वर्षिय श्रीमती मनमाया कार्की, २८ वर्षिय बुहारी रञ्जना कार्की, १० बर्षिया नाती दिपक कार्की र ५ वर्षिय नातिनी गोमा कार्की छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया