काठमाडौं उपत्यकाका नदी किनारका बस्तीमा पस्यो भेल, ३८२ घर डुबानमा, १३८ जनाको उद्धार

news-details

गएरातिबाट परेको अविरल वर्षाका कारण काठमाडौँका अधिकांश नदी किनारका बस्तीमा बाढी पसेको छ ।

बागमती नदी, विष्णुमती नदीलगायत नदीका किनारा क्षेत्रका बस्ती डुबानमा परेको र मानिसहरू उद्धार गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए।

टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुललगायतका क्षेत्र डुबानमा परेको lyof] ।

नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले १ सय ३८ जनाको सकुशल उद्धार गरेको छ । कुल ३८२ घरधुरी डुबानमा परेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

बिहान ५ः३० बजेको मापन अनुसार उपत्यकामा १०५ मिलिमिटर पानी परेको र अहिले ८:४५ मिनेटअघि गरेको मापनमा १२१.५ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाका सहायक मौसमबिद् सुरेश ताम्राकारले बताए ।

यसैबीच देशभर आगामी तीन दिनको मौसम अझै वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया