काठमाडौंका विद्यालय सञ्चालनबारे अन्यौल, स्थानीय तहका प्रतिनिधिसँग भोलि छलफल हुँदै
- भदौ २०, २०७८
- 0
उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै स्थानीय तहहरु विद्यालय सञ्चालनको तयारीमा जुटेका छन् । काठमाडौं जिल्लाका स्थानीय तहहरुले आगामी साताबाट भौतिक रुपमै विद्यालय सञ्चालन गर्ने जनाएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौले स्थानीय तहहरुलाई छलफलका लागि बोलाएको छ ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीकाअनुसार विद्यालय भौतिकरुपमा सञ्चालन गर्न सकिने अवस्था हो या होईन सो विषयमा बुझ्न जिल्लाका सबै स्थानीय तहलाई छलफलका लागि बोलाएको जानकारी दिनुभयो । बैठक भोलि (सोमबार) १ बजे जिल्ला प्रशासन कार्यालयमा बस्नेछ ।
स्थानीय तहहरुलाई संस्थागत र सामुदायिक विद्यालयहरुमा अनलाइनको पहुँच भएका र पहुँच बाहिर रहेका विद्यार्थीको संख्यासहित उपस्थित हुन आग्रह गरिएको पराजुलीले बताए । बैठकपछि विद्यालय भौतिक रुपमै सञ्चालन गर्ने वा नगर्ने भन्ने टुङ्गो लाग्ने उनको भनाई छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







