उपत्यकामा ३८६ सहित देशभर थपिए १२६८ जना संक्रमित, एकैदिन २१९५ निको हुदा ९ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ३८६ सहित देशभर थप १२६८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ५३ हजार २३२ जना पुगेको छ ।

६ हजार ७५३ जनामा पीसीआर परीक्षण गर्दा १०२४ जना र ३१२२ एन्टिजेन परीक्षण गर्दा २४४ जनामा गरी १२६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २८९, ललितपुरका ५३ र भक्तपुरका ४४ जना गरी ३८६ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २१९५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख २५ हजार ६५१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०८१८ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया