एमाले जुम्लाका अध्यक्षसहित ५८ जना जिल्ला सदस्य एकीकृत समाजवादी पार्टीमा

news-details

नेकपा एमालेको जुम्ला जिल्ला कमिटी माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ ।

जुम्लाका ६१ जना जिल्ला सदस्यमध्ये अध्यक्षसहित ५८ जना नेकपा एकीकृत समाजवादीमा लागेका छन् ।

उनीहरुले शनिबार पत्रकार सम्मेलन गरी एकीकृत समाजवादीलाई रोजेको घोषणा गरेका हुन् ।

एमालेका जुम्ला अध्यक्ष तीर्थ बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदीप्रसाद न्यौपाने, उपसचिव राजबहादुर खत्रीसहितका अन्य जिल्ला सदस्यहरूले एकीकृत समाजवादीमा गएको बताएका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया