मित्रराष्ट्रको सम्बन्धमा आँच आउने कुनै गतिविधि नगर्न अनुरोध
- भदौ १९, २०७८
- 0
गृहमन्त्रालयले मित्रराष्ट्रको सम्बन्धमा आँच आउने कुनै पनि गतिविधि नगर्न आम नागरिकमा अनुरोध गरेको छ ।
मित्रराष्ट्रको सहयोगमा सञ्चालित विकास आयोजना र त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र उनीहरुका सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्षरुपमा सञ्चारमाध्याम-सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी तथा धम्किपूर्ण अभिव्यक्तिजस्ता गतिविधि भएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले यस्ता गतिविधि रोक्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेदद्वारा जारी विज्ञप्तिमा विकास आयोजना कर्याान्वयनमा असुरक्षा महसुस हुने तथा मित्रराष्ट्रसँगको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिविधि नगर्न र नगराउन भनेको छ ।
त्यस्ता अभिव्यक्ति तथा गतिविधिको मन्त्रालयले सुक्ष्म निगरानी राख्ने, विश्लेषण गर्ने गरिरहेको र त्यस्ता गतिविधि गर्ने विरुद्ध कानून बमोजिम कारवाही हुने मन्त्रालयले चेतावनी पनि दिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







