एमाले उपाध्यक्ष बामदेव गौतमले परित्याग गरे पार्टी
- भदौ १८, २०७८
- 0
नेकपा (एमाले)का उपाध्यक्ष बामदेव गौतमले पार्टी परित्याग गरेका छन् । शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर उनले एमालेका सबै पदबाट राजीनामा दिएका हुन् ।
गौतमले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएर फर्किएको जानकारी गराइएको छ । एमालेको ९औं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए ।
तर, नेकपा विभाजनपछि भने दुवै पक्षमा नलागी गौतमले एकता अभियान चलाइरहेका थिए । उनले नेकपा एमाले परित्याग गरेपनि अब के गर्ने भन्ने बारेमा केही खुलासा गरेका छैनन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







