आजदेखि उठ्न थाल्यो काठमाडौं उपत्यकाको फोहोर

news-details

काठमाडौं उपत्यकाको फोहोर आजदेखि नुवाकोटको सिस्डोलस्थित ल्याण्डफिल्ड साइट लगिएको छ ।

काठमाडौं महानगरपालिकका अनुसार आज बिहानै टेकुबाट फोहोर बोकेर ट्रकहरु ल्याण्डफिल्ड साईट सिस्डोल पुगेका छन् । टेकुस्थित फोहोरमैला केन्द्रमा जम्मा गरिएका फोहोर सिसडोल लगिएको हो ।

यसअघि स्थानीयले सिस्डोलमा फोहोर लैजन अवरोध गर्नुकासाथै बर्षातले बाटो समेत बिग्रिएपछि फोहोर उठाउन सकिएको थिएन ।

काठमाडौं महानगरपालिकाका प्रमुख, स्थानीय प्रशासन , सडक विभाग र सुरक्षा निकायका प्रतिनिधि सहितको बैठकले अवरोध हटाउने सहमति भएपछि आजबाट फोहोर उठाउन थालिएको हो ।

काठमाडौं महानगरको वातावरण तथा कृषि विभागका प्रमुख हरिकुमार श्रेष्ठ र ककनी गाउँपालिका वडा १ का अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ बलामी सहित सिसडोल बन्चरे क्षेत्रका स्थानीयबीच भएको वार्ताबाट १४ बुँदे सहमति पनि भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया