प्रदेश १ का १० जना एमाले सांसद नेकपा एकीकृत समाजवादीमा, मुख्यमन्त्री आचार्य अल्पमतमा

news-details

प्रदेश १ मा एमालेबाट निर्वाचित १० सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर उनीहरूले नयाँ दलको पक्षमा सनाखत गरेका छन् । आयोगका अनुसार भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, कृष्णकुमारी राई र सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङबाङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङले एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

एमालेबाट विभाजन भएको दल रोज्न निर्वाचन आयोगले भदौ २२ गतेसम्मको समय दिएको थियो ।

एमालेका १० सांसदले एकीकृत समाजवादी दल रोजेसँगै प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार एक सातामै अल्पमतमा परेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया