माओवादी अध्यक्ष प्रचण्डले लिए नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी

news-details

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बुधबार विहान ९ बजे अध्यक्ष दाहाल डल्लुस्थित नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको निवास पुगेर स्वास्थ्य अवस्था बारेमा जानकारी लिएका छन ।

सो अवसरमा नेता खनालले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिएको र अध्यक्ष दाहाल र नेता खनालबीच वर्तमान राजनीतिक समसामयिक विषयमा समेत छलफल भएको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए ।

नेता खनालले अध्यक्ष दाहालसँग राजनीतिक गतिविधिबारे जिज्ञासा राखेका थिए । अध्यक्ष दाहालले गठबन्धन दलको साझा सहमतिका आधारमा नेपालको राजनीति अघि बढिरहेको र चाँडै मन्त्रीपरिषद विस्तारको तयारी भएको पनि जानकारी गराएका थिए ।

नेता खनाल स्वास्थ्य उपचारपछि हालै भारतको नयाँ दिल्लीबाट काठमाडौं फर्किएका हुन । उनको मिर्गौलाको प्रत्यारोपण गरिएको थियो । अहिले उनी आफ्नो निवासमै आराम गरिरहेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया