पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता

news-details

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्लीमा उपचारपछि स्वदेश फर्किएका छन् ।

मिर्गौला प्रत्यारोपण गरी फर्कनुभएका खनाललाई त्रिभूवन विमानस्थलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता कार्यकर्ताले स्वागत गरेका थिए ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेता खनालले आफूले पुनर्जीवन पाएको बताउँदै बाँकी जीवन देश र जनताका लागि समर्पित गर्ने बताए ।

खनाललाई पत्नीकी दिदीकी छोरी मेरिना चित्रकारले मिर्गौला दान गरेकी हुन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया