धादिङमा मिनिट्रक दुर्घटना : गम्भीर घाइते ४ जनाको हेलिकप्टरमार्फत उद्धार
- भदौ १४, २०७८
- 0
शिव सिलवाल / नीलकण्ठ नगरपालिकास्थित बगैँचा भन्ने स्थानमा भएको सवारी दुर्घटनामा परी २० जना यात्रु घाइते भएको छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।
जिल्लाको ज्वालामुखी गाउँपालिकास्थित खरी भन्ने स्थानबाट सदरमुकामतर्फ आउँदै गरेको स्वराज मिनि ट्रक दुर्घटनामा परेको हो ।
ग्रामिण सडकबाट आएको सो ट्रक दुर्घटनाको कारण ब्रेकफेल भएको प्रहरीको प्रारम्भिक अनुमान छ । मिनि ट्रकको ब्रेक फेल भई रोकिराखेको ट्रिपरमा ठक्कर खाएको थियो ।
सामान्य घाइतेहरुलाई धादिङ अस्पतालमा उपचारको लागि लगिएको छ भने गम्भिर घाइते गम्भीर घाइते मध्ये चार जनालाई हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ ।
ज्वालामुखी ५ खरीका बलराम अधिकारी, संगिता तामाङ, राजाराम अधिकारी र मिना श्रेष्ठलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ लगिएको हो ।
घाइते मध्ये अन्य चार जनालाई सामान्य उपचार पछि एम्बुलेन्समार्फत काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य सामान्य घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।










