सत्तारुढ गठबन्धनको बैठक सम्पन्न, मन्त्रिमण्डललाई चाँडै पूर्णता दिने र बजेट सँच्याउने निर्णय
- भदौ १४, २०७८
- 0
गठबन्धन सरकारले मन्त्रिमण्डललाई चाँडै पूर्णता दिने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्रिमण्डललाई चाँडै पूर्णता दिने निर्णय गरेको बैठकमा सहभागी जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । अध्यक्ष यादवका अनुसार बैठकमा अहिलेसम्म गरेको कामको समीक्षा भएको पनि बताए ।
यसैगरी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पनि बैठकमा पछिल्लो राजनीतिक समीक्षा, सरकारलाई पूर्णता दिने र बजेट सँच्याउने लगायतका विषयमा गठबन्धन सरकारबीच छलफल भएको बताए । उनका अनुसार ओली सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष २०७८/०७९ को बजेट सच्याउने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी थिए ।










