संसद सचिवालयद्धारा माधव नेपालसहित १४ सांसदलाई एमालेले गरेको कारवाहीलाई बदर
- भदौ १३, २०७८
- 0
संघीय संसद सचिवालयले नेकपा एमालेले माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारवाहीलाई बदर गरेको छ ।
एमालेले १४ सांसदमाथि कारवाहीका लागि सचिवालयमा पठाएको पत्रबारे आइतबार सचिवालयले टुंगो लगाएको हो ।
सचिवालयले नेपालको नेतृत्वमा निर्वाचन आयोगले नयाँ दलको मान्यता दिएको भन्दै कारवाही गर्नु नपर्ने भन्ने ठहर गरेको बताइएको छ ।
एमालेले पार्टीको नीति विपरित अघि बढेको भन्दै १४ जना सांसदहरुलाई कारवाहीको गरेको पत्र सचिवालयमा पठाएको थियो ।
तर एमाले फुटाउनकै लागि पक्षपात पूर्ण ढंगले सभामुख अग्नि सापकोटाले समयमै कारवाही स्वीकृत नगरेको एमालेले भनाइ छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







