एमाले र जसपा छाडन चाहने जनप्रतिनिधिले भदौ २२ गतेसम्म सनाखत गराइसक्नुपर्ने

news-details

निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न समय दिएको छ ।  आयोगको आइतबार बसेको बैठकले २२ गतेसम्म दल रोज्न दिने निर्णय गरेको हो ।

आयोग प्रवक्ता राजकुमार श्रेष्ठले एमाले र जसपाबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय दिएको जानकारी दिए । दल रोज्न भदौ २२ गते कार्यलय समयभित्र सम्पर्क गर्नुपर्ने प्रवक्ता श्रेष्ठले बताए ।

उनका अनुसार सो समयभित्र एमाले र जसपाबाट निर्वाचित भएका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादी र लोसपामा प्रदेश गर्न चाहेमा २२ गतेसम्म सनाखत गर्नुपर्ने छ ।

प्रदेशसभा सदस्यहरुले प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्नुपर्ने हुन्छ । सनाखतको लागि जाँदा सक्कल नागरिकता वा मतदाता परिचय प्रमाणपत्र, निर्वाचित भएको वा प्रदेशसभा–स्थानीय तहबाट जारी परिचयपत्र वा प्रमाणपत्र लैजानुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया