नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मतले चयन
- भदौ १३, २०७८
- 0
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन ।
आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले जानकारी दिए ।
यस्तै बैठकलले राष्ट्रियसभा संसदीय दल नेतामा स्थायी कमिटी सदस्य बेदुराम भुसाल चयन गरेको छ भने अरु पदाधिकारीहरु पछि चयन हुने सांसद चौधरीले जानकारी दिए ।
संसदीय दलको बैठकले विधान मस्यौदा समिति पनि बनाएको छ । समितिमा भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी चयन भएका छन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







